सरकारमा दुइटा हात्तीजस्ता पार्टी छन्, कमिलो पनि मार्दैनन् : झलनाथ खनाल

हिमाल प्रेस ७ साउन २०८२ १३:२८ | Wednesday, July 23, 2025
सरकारमा दुइटा हात्तीजस्ता पार्टी छन्, कमिलो पनि मार्दैनन् : झलनाथ खनाल पूर्वप्रधानमन्त्री झलनाथ खनाल। फाइल तस्बिर

काठमाडौँ- नेकपा एकीकृत समाजवादीका सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले वर्तमान सरकारले जनताको हितमा कमिलोसम्म पनि मार्न नसकेको बताएका छन्।

बुधवार कीर्तिपुरमा आयोजित ४७ औँ पुष्पलाल स्मृति दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै खनालले सरकारमा दुई वटा हात्ती जस्तै शक्तिशाली पार्टी रहेको भए पनि जनताको हितमा कुनै काम गर्न नसकेको बताएका हुन्।

‘दुई वटा हात्ती जस्ता पार्टीहरु सत्तामा छन्। तर कमिलो पनि मार्दैनन्। बरू एकपछि अर्को भ्रष्टाचारका काण्डहरु देखा परेका छन्। भ्रष्टहरुले देशमा शासन गरिरहेका छन्,’ उनले भने।

भ्रष्टाचार विरुद्धको अभियान सञ्चालन गरेर उन्मुलन नगरेसम्म जनताले आफ्नो हक नपाउने बताए।

प्रकाशित: ७ साउन २०८२ १३:२८ | Wednesday, July 23, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 − 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast