 
                             
                                            काठमाडौँ– उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुकको समृद्धिका लागि पर्यटन क्षेत्र शक्तिशाली विकल्प भएको बताएका छन्।
शनिबार काठमाडौँमा आयोजित पर्यटनमा बजेट प्रथमिकता, कार्यान्वयन र उपलब्धी विषयक कार्यक्रममा पौडेलले मुलुकको समृद्धिका लागि धेरै विकल्प भएपछि त्यसमध्ये पर्यटन क्षेत्र शक्तिशाली विकल्प भएको बताए।
पर्यटनका सम्भावनालाई कार्यान्वयन गर्न देशभित्रका साथै देशबाहिरको लगानीलाई आमन्त्रण गर्नुपर्ने उनले बताए। पौडेलले पर्यटन क्षेत्रमा राज्यकातर्फबाट मात्रै गर्ने लगानीले नपुग्ने उल्लेख गरे। बजेट निर्माण गर्दा पनि लगानी भित्राउने र त्यसका लागि सहज वातावरण बनाउन ध्यान केन्द्रीत गरेको उनले बताए।
पौडेलले राजनीतिक स्थायीत्व कायम गर्दै मुलुकको विकास गर्नुपर्ने धारणा राखे।
                            प्रकाशित: २१ असार  २०८२ १४:५० 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 