समुन्द्र भट्ट निर्देशित फिल्म ‘गुन्याे चोलो’ भदौ १३ मा प्रदर्शन

हिमाल प्रेस ३२ असार २०८२ १०:५३ | Wednesday, July 16, 2025
समुन्द्र भट्ट निर्देशित फिल्म ‘गुन्याे चोलो’ भदौ १३ मा प्रदर्शन

काठमाडौँ- फिल्म ‘गुन्याे चोलोः द ड्रेस’ आगामी भदौ १३ मा प्रदर्शन हुने भएको छ। फिल्मको गीत सार्वजनिक गर्दै निर्माण टिमले आगामी भदौ १३ लाई प्रदर्शन मिति घोषणा गरेका हुन्।

समुन्द्र भट्टको निर्देशनमा बनेको फिल्म लैंगिक अल्पसंख्यक पारालैंगिक पात्रको कथामा बनेको छ। फिल्ममा नाजिर हुसेन मूख्य भूमिकामा छन्। उनी पारालैंगिक महिला (ट्रान्सवुमन) को चरित्रमा देखिनेछन्।

साथै सञ्चिता लुईटेल, सुशील सिटौला, राजकुमार घोष, शिशिर राणा, अनुपम श्रेष्ठ, विशाल पहारीलगायत कलाकारले अभिनय गरेका छन्।

निर्देशक भट्ट र नाजिर हुसेनले फिल्मको पटकथा तथा संवाद तयार पारेका हुन्। फिल्म दि स्काइ ओसन इन्टरटेन्मेन्टको ब्यानरबाट निर्माण भएको छ।

प्रकाशित: ३२ असार २०८२ १०:५३ | Wednesday, July 16, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast