 फाइल तस्बिर
                             फाइल तस्बिर
                                            काठमाडौँ- चार दलीय समाजवादी मोर्चाको बैठक आज दिउँसो बस्ने भएको छ। नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगरमा ३ बजे बस्ने नेकपा एकीकृत समाजवादी स्रोतले जनाएको छ।
समसामयिक राजनीतिबारे समीक्षा, मोर्चालाई थप प्रभावकारी बनाउने, नीति तथा कार्यक्रम ल्याउने विषयमा छलफल हुनेछ।
मोर्चाको संयोजक समेत रहेका नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले पछिल्लो समय मोर्चाको गतिविधि निष्क्रिय रहेकोमा नेकपा माओवादी केन्द्रका अध्यक्ष ‘प्रचण्ड’, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल लगायत नेताहरूसँग भेटेर असन्तुष्टि पोखेका थिए।
                            प्रकाशित: १३ साउन  २०८२ ११:३२ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 