सभामुख घिमिरे जेनेभा प्रस्थान

हिमाल प्रेस ११ साउन २०८२ २१:१६ | Sunday, July 27, 2025
सभामुख घिमिरे जेनेभा प्रस्थान फाइल तस्बिर

काठमाडौँ- सभामुख देवराज घिमिरे अन्तर व्यवस्थापिका संघ र संयुक्त राष्ट्रसंघद्वारा संयुक्त रूपमा आयोजित संसद्का सभामुखहरूको छैटौँ विश्व सम्मेलनमा सहभागी हुन आइतबार जेनेभा प्रस्थान गरेका छन्।

सभामुख घिमिरे तीन सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज साँझ जेनेभा प्रस्थान गरेको उनको सचिवालयले जनाएको छ। प्रतिनिधिमण्डलमा प्रतिनिधिसभा सदस्य एकनाथ ढकाल र सभामुखका प्रमुख स्वकीय सचिव तेजप्रकाश भट्टराई छन्।

यही साउन १४ देखि १७ गतेसम्म स्विट्जरल्यान्डको जेनेभामा आयोजना हुने सम्मेलनमा सभामुख घिमिरेले सम्बोधन गर्ने कार्यक्रम छ।

सम्मेलनका क्रममा उनले संयुक्त अधिराज्य बेलायत, स्विट्जरल्यान्ड, माल्टा, इजरायल, भूटानलगायत मुलुकका सभामुखहरूसँग द्विपक्षीय भेटघाट गर्नेछन्। यसै गरी उनी स्विट्जरल्यान्डको संसद्ले आयोजना गर्ने रात्रिभोजमा सरिक हुनेछन्।

भ्रमण सम्पन्न गरी उनी यही साउन १८ गते स्वदेश फर्किने संघीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिए।

प्रकाशित: ११ साउन २०८२ २१:१६ | Sunday, July 27, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 + 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast