सभापति देउवाद्वारा गण्डकी प्रदेशका पूर्वप्रमुख गुरुङको निधनप्रति दुःख व्यक्त

हिमाल प्रेस १० साउन २०८२ १७:२३ | Saturday, July 26, 2025
सभापति देउवाद्वारा गण्डकी प्रदेशका पूर्वप्रमुख गुरुङको निधनप्रति दुःख व्यक्त
काठमाडौँ– नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली कांग्रेस चितवनका पूर्वसभापति एवं गण्डकी प्रदेशका पूर्वप्रमुख पृथ्वीमान गुरुङको निधनप्रति दुःख व्यक्त गरेका छन्।
सभापति देउवाले शोक विज्ञप्ति जारी गर्दै कांग्रेस चितवनका पूर्वसभापति एवं नेपाल सरकार गण्डकी प्रदेशका पूर्वप्रमुख गुरुङको निधनको खबरले आफूलाई अत्यन्त दुःखित र मर्माहत बनाएको बताएका हुन्।
स्वर्गीय गुरुङले नेपाली कांग्रेसको संगठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनमा निर्वाह गरेको नेतृत्वदायी भूमिका पार्टीमा सदा स्मरणीय रहिरहने विज्ञप्तिमा उल्लेख छ।
प्रजातन्त्र सेनानी, शिक्षाप्रेमी, समाजसेवी एवं निष्ठावान् व्यक्तित्व गुरुङको शनिबार बिहान ८ः४५ बजे ७६ बर्षको उमेरमा निधन भएको कांग्रेसले जनाएको छ।
गुरुङको पार्थिव शरीरलाई आइतबार बिहान ११ः१५ बजे उनको निवास भरतपुर महानगरपालिका वडा नं २६, दिव्यनगरबाट देवघाटधाममा लगेर अन्त्येष्टि गरिने कांग्रेसले जनाएको छ।
प्रकाशित: १० साउन २०८२ १७:२३ | Saturday, July 26, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast