सबै कुराको दोष सरकार र नेताको टाउकोमा मात्रै राख्न पाइँदैन : देउवा

हिमाल प्रेस १३ साउन २०८२ १८:३१ | Tuesday, July 29, 2025
सबै कुराको दोष सरकार र नेताको टाउकोमा मात्रै राख्न पाइँदैन : देउवा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा

काठमाडौँ- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उद्योगी व्यवसायीहरूलाई सहयोग गर्न आफूहरू तयार रहेको बताएका छन्।

मंगलबार पार्टी कार्यालय सानेपामा कांग्रेस वित्तीय संस्था समन्वय विभागद्वारा आयोजित वर्तमान अवस्थामा देशको वित्तीय तथा मौद्रिक स्थिति विषयक अन्तरक्रिया कार्यक्रममा सभापति देउवाले व्यापार गर्ने व्यापारीले, उद्योग गर्ने उद्योगपति नै भएकाले केही समस्या भए समाधान गर्न आफूहरू तयार रहेको बताएका हुन्।

उनले उद्योगी व्यवसायीहरूले आफैँ पनि काम र मेहनत गर्नुपर्ने भन्दै सबै कुराको दोष सरकार र नेताको टाउकोमा मात्रै राख्न नपाइने जिकिर गरे।

सभापति देउवाले कांग्रेस र एमालेबीच सरकार गठनका समयमा भएको सात बुँदे सहमतिको उद्देश्य नेपालको अर्थतन्त्र चलायमान गराउनु पनि रहेको बताए।

गत वर्षको तुलनामा वर्तमान अवस्थामा मुलुकको अर्थतन्त्रका सूचकहरू सकारात्मक हुँदै गएको उनको भनाइ छ। उनले सहकारीबाट ठगिएका बचतकर्ताको रकम यथाशीघ्र फिर्ता गराउनका लागि प्रभावकारी ढंगले लाग्न सरकारको ध्यानाकर्षण समेत गराए।

प्रकाशित: १३ साउन २०८२ १८:३१ | Tuesday, July 29, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − nine =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast