सडक सुरक्षा तथा ट्राफिक सचेतना कार्यक्रम सम्पन्न

हिमाल प्रेस ४ साउन २०८२ १४:०८ | Sunday, July 20, 2025
सडक सुरक्षा तथा ट्राफिक सचेतना कार्यक्रम सम्पन्न

काठमाडौँ- काठमाडौँमा सडक सुरक्षा र ट्राफिक सचेतनामाथि केन्द्रित जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ। रोटरी क्लब अफ बानेश्वरको आयोजनामा तथा रोट्र्याक्ट क्लब अफ बानेश्वर, रोट्र्याक्ट क्लब अफ बानेश्वर रोयल र इन्टरेक्ट क्लब अफ चेल्सी इन्टरनेसनल एकेडेमीको सहकार्यमा कार्यक्रम सम्पन्न भएको हो।

सामाखुसीस्थित रेडन कलेज एण्ड स्कूलको सभाहलमा आयोजित कार्यक्रमको उद्देश्य विद्यालय तहका विद्यार्थीहरूमा सडक सुरक्षा र ट्राफिक नियमप्रति सचेतना अभिवृद्धि गर्नु थियो।

कार्यक्रमका प्रमुख अतिथि ललितपुर महानगरका नगर प्रहरी प्रमुख तथा पूर्व ट्राफिक प्रहरी प्रमुख सीताराम हाछेथूले २५० जना कक्षा १० र १२ का विद्यार्थी तथा पाँचजना शिक्षक-स्टाफहरूलाई लक्षित गर्दै ४० मिनेट लामो भिडियो प्रस्तुति दिएका थिए। ट्राफिक नियम उल्लंघनका सम्भावित खतरा र सडक सुरक्षाको महत्त्वबारे उनले जीवन्त उदाहरणसहित जानकारी दिएका थिए।

रोटरी क्लब अफ बानेश्वरका उपाध्यक्ष रोटे पुष्पराम केसीले स्वागत मन्तव्यसहित प्रमुख अतिथिको परिचय गराएका थिए। रोटरी रोड सेफ्टी कमिटीका संयोजक रोटे नुगल वैद्यको उपस्थिति कार्यक्रमप्रति थप उत्साहजनक बनाएको थियो। उनले विद्यार्थी तथा शिक्षकहरूलाई ट्राफिक सुरक्षा सन्देशसहितका स्टिकरहरू वितरण गरेका थिए। जसले दैनिक ट्राफिक सचेतनामा सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ।

कार्यक्रममा चारजना रोटेरियन, एकजना जिल्ला प्रतिनिधि, तीनजना रोट्रयाक्टर तथा आठजना इन्टरेक्टरहरूको सहभागिता रहेको आयोजकहरूले जानकारी दिएका छन्।

कार्यक्रम समापनमा रोट्रयाक्टर सन्देश तुलाधरले सबै अतिथि, सहभागी, आयोजक तथा सहकार्यकर्ता क्लबहरूलाई धन्यवाद ज्ञापन गर्दै कार्यक्रम समापन गर्नुभएको थियो। साथै, आयोजक संस्थाहरूले यस्ता सचेतनामूलक कार्यक्रमहरूलाई आगामी दिनमा पनि निरन्तरता दिने प्रतिबद्धता जनाएका छन्।

प्रकाशित: ४ साउन २०८२ १४:०८ | Sunday, July 20, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast