सकियो एमाले पोलिटब्यूरो बैठक, शनिबार फेरि बस्ने

हिमाल प्रेस २ साउन २०८२ १८:०८ | Friday, July 18, 2025
सकियो एमाले पोलिटब्यूरो बैठक, शनिबार फेरि बस्ने

काठमाडौँ– नेकपा (एमाले) को पोलिटब्यूरो बैठक शनिबार बिहान ११ बजे बस्नेगरी सकिएको छ।

ललितपुर च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकमा आठ जना सदस्यले धारणा राखेको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए।

विधान महाधिवेशनमा प्रस्तुत गरिने प्रतिवेदनका सम्बन्धमा बैठकमा छलफल भएको प्रचार विभाग प्रमुख गौतमले बताए।

एमालेको विधान महाधिवेशनको पूर्वतयारीका क्रममा बिहीबार बसेको सचिवालय बैठकले पार्टी अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन, उपाध्यक्ष विष्णुप्रसाद पौडेलेको विधान संशोधन प्रतिवेदन र महासचिव शंकर पोखरेलको सांगठनिक प्रतिवेदनको प्रस्ताव पारित गरेको थियो।

पोलिटब्यूरो बैठकले ती प्रतिवेदनलाई अनुमोदन गरेपछि साउन ५ गते सोमबार बस्ने केन्द्रीय कमिटी बैठकले त्यसलाई अन्तिम रूप दिने छ।

एमालेको दोस्रो विधान महाधिवेशन आगामी भदौ २०, २१ र २२ ललितपुरको गोदावरीमा हुनेछ।

प्रकाशित: २ साउन २०८२ १८:०८ | Friday, July 18, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two + 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast