 प्रतिनिधिमूलक तस्बिर
                             प्रतिनिधिमूलक तस्बिर 
                                            काठमाडौँ- प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा विचाराधीन विद्यालय शिक्षा विधेयक आगामी दुई-चार दिनमै प्रतिनिधिसभामा पेस हुने दाबी गरिएको छ।
नेपाल शिक्षक महासंघका एक पदाधिकारीले हिमालप्रेसलाई आज दिएको जानकारीअनुसार विधेयक अघि बढाउने विषयमा समितिभित्र अन्तिम चरणको तयारी भइरहेको छ। ती पदाधिकारीका अनुसार उच्च स्रोतले पनि विधेयक ल्याउन ढिला गर्न नहुने बताएको छ।
‘विधेयक प्रतिनिधिसभा पुग्न अब धेरै दिन लाग्दैन। भित्रि सूचना अनुसार दुई-चार दिनमै विधेयक प्रतिनिधिसभा पुग्छ। हेरिराख्नुहोस्, कन्फर्म ल्याउँछन्। कथमकदाचित भएन भने गाह्रो पनि हुन्छ। दुई–चार दिनमा विधेयक ल्याउँछन्, विश्वास छ,’ स्रोतको भनाइ उद्धृत गर्दै ती पदाधिकारीले भने।
उनका अनुसार आज बिहान नेपाली कांग्रेसका प्रमुख सचेतक एवं शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सदस्य श्यामकुमार घिमिरेसँगको संवादमा पनि विधेयक अब नरोकिने संकेत गरिएको छ।
‘अब नरोकौं। यो ठिक भएन। तपाईंहरू शिक्षामन्त्रीलाई (रघुजी पन्त) भन्नुहोस्। म पनि आजै भेट्छु। अगाडि बढाउनुपर्छ,’ ती पदाधिकारीलाई घिमिरेले भने। ती पदाधिकारीले घिमिरेलाई भने, ‘तपाईंले नै रोकौं भन्नुभयो विधेयक अनि तपाईंले निकास खोज्नुपर्दैन?’

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                             ![एकसाथ पाँच राजनीतिक दलको कार्यालयमा धर्ना दिएर ध्यानाकर्षणपत्र बुझाउँदै शिक्षक महासंघ [पत्रसहित]](https://himalpress.com/wp-content/uploads/2025/09/cnt-janamat.jpg) 
                                             


 
  
  
  
  
  
  
  
  
  
 