शिक्षा विधेयकमाथि तुषारापात भए शिक्षा क्षेत्र भताभुङ्ग हुन्छ : समिति सभापति थापा

हिमाल प्रेस ३२ असार २०८२ १८:१० | Wednesday, July 16, 2025
शिक्षा विधेयकमाथि तुषारापात भए शिक्षा क्षेत्र भताभुङ्ग हुन्छ : समिति सभापति थापा

काठमाडौँ– प्रतिनिधिसभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मरबहादुर थापाले विद्यालय शिक्षा विधेयकमाथि तुषारापात भए शिक्षा क्षेत्र भताभुङ्ग हुन सक्ने बताएका छन्।

नेपाल सामुदायिक विद्यालय कर्मचारी संघले बुधबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा थापाले २०२८ सालको विद्यालय ऐनलाई विस्थापित गर्दै सचेत नागरिक निर्माण गर्न विधेयकले धेरै काम गरिरहेको भन्दै अब पनि विद्यालय शिक्षा विधेयकमाथि तुषारापात भए शिक्षा क्षेत्र भताभुङ्ग हुन सक्ने बताएका हुन्।

विधेयकमा शिक्षकहरुले भनेका धेरै विषयलाई सम्बोधन गरिएको उल्लेख गर्दै सभापति थापाले शिक्षा विधेयक भन्दा पनि शिक्षक विधेयक जस्तो भएको धारणा राखे।

उनले शिक्षकहरुले राखेका मागमध्ये स्वतः स्थायी वा बढुवा गर्नुपर्ने विषय समावेश गर्न नसकिने स्पष्ट पारे। आफ्ना माग पूरा नभए पुनः आन्दोलन गर्ने शिक्षकहरुको चेतावनीप्रति उनले आन्दोलनले शिक्षा क्षेत्र बन्न नसक्ने जिकिर गरे।

सभापति थापाले समितिमा शिक्षा विधेयक लक भइसकेको भन्दै अग्रगमनको बाटो लिने वातावरण बन्छ भने आवश्यक बुँदा थप गर्न तयार रहेको बताए।

उनले शिक्षकहरुको असन्तुष्टि र कांग्रेसका कारण विधेयक रोकिएको भन्दै विधेयकलाई सहज रुपमा अघि बढ्ने वातावरण बनाउन कांग्रेस सभापति शेरबहादुर देउवलाई आग्रह समेत गरे।

प्रकाशित: ३२ असार २०८२ १८:१० | Wednesday, July 16, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two + three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast