शिक्षक सरुवा आव्हान

हिमाल प्रेस २ साउन २०८२ १२:१२ | Friday, July 18, 2025
शिक्षक सरुवा आव्हान

नवलपरासी (बर्दघाट सुस्ता पूर्व)- मध्यविन्दु नगरपालिका–१४, भेडावारीस्थित हुप्सेकोट आधारभूत विद्यालयमा रिक्त रहेको प्राथमिक तहको स्थायी शिक्षक पदका लागि सरुवाको प्रक्रिया अघि बढाइएको छ।

विद्यालयको २०८२ असार १९ गतेको पत्रका आधारमा सरुवा प्रक्रिया सुरु गर्न अनुरोध आएपछि योग्यता पुगेका स्थायी शिक्षकहरूलाई आव्हान गर्दै साउन १ गते सूचना सार्वजनिक गरिएको हो।

स्थानीय तह, सम्बन्धित विद्यालय र शिक्षा विकास तथा समन्वय एकाइको सहमतिसहित शिक्षक सरुवासम्बन्धी निर्देशिका, २०८१ को दफा ९ र शिक्षा नियमावलीको अनुसूची–१७ अनुसार तयार पारिएको ढाँचामा आवेदन दिन सकिनेछ। सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिनुपर्नेछ।

विद्यालयका अनुसार तोकिएको म्यादभित्र विद्यालयको इमेल [email protected] मा पनि आवेदन पठाउन सकिने व्यवस्था गरिएको छ। म्याद नाघेमा वा तोकिएको ढाँचामा नआएका निवेदनहरू स्वीकृत हुने छैन।

सूचना मध्यविन्दु नगरपालिकाको प्रविधि शाखामार्फत वेबसाइटमा अपलोड गरिनेछ भने शिक्षा विकास तथा समन्वय एकाइ नवलपरासी (व.सु.पू) र विद्यालयमा समेत जानकारी पठाइएको छ।

प्रकाशित: २ साउन २०८२ १२:१२ | Friday, July 18, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast