व्यासमा मातृशिशु मृत्युदर घटाउन गर्भवतीलाई पोषण

हिमाल प्रेस २ साउन २०८२ १०:२४ | Friday, July 18, 2025
व्यासमा मातृशिशु मृत्युदर घटाउन गर्भवतीलाई पोषण

तनहुँ- व्यास नगरपालिकाले नवजात शिशु र आमाको स्वास्थ्य स्याहार र सुरक्षाका लागि गत आर्थिक वर्षमा २४३ जना गर्भवतीलाई पोषण रकम प्रदान गरेको छ।

गर्भवती पोषण कार्यक्रम (महिलासँग उपप्रमुख) अन्तर्गत जनही पाँच हजारका दरले २४३ लाई १२ लाख २५ हजार रकम वितरण गरिएको प्रमुख प्रशासकीय अधिकृत काशीराम गैरेले जानकारी दिए।

गर्भवतीलाई पोषण प्रोत्साहन रकम प्रदान गरी कुपोषण हुनबाट बचाउने, नियमित गर्भ जाँच गराउने र असुरक्षित सुत्केरीलाई निरुत्साहित गर्ने उद्देश्यले रकमको व्यवस्था गरिएको उनले बताए।

आर्थिक रूपमा कमजोर महिलालाई उक्त रकम प्रदान गरिएको हो। नगरपालिका क्षेत्रका सरकारी स्वास्थ्य संस्थाबाट कम्तीमा तीनपटक (४, ६ र ८ महिना) स्वास्थ्य गरेको गर्भवतीलाई आठ महिनापछि पाँच हजार प्रदान गर्ने कानुनी व्यवस्था छ।

यसैबीच, पालिकाले ५६ जनालाई अपांगता र १२४ लाई ज्येष्ठ नागरिक परिचयपत्र वितरण गरिएको जनाएको छ।

प्रकाशित: २ साउन २०८२ १०:२४ | Friday, July 18, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast