वैद्यलाई भेट्न टोखा पुगे प्रचण्ड

हिमाल प्रेस ४ साउन २०८२ १२:४६ | Sunday, July 20, 2025
वैद्यलाई भेट्न टोखा पुगे प्रचण्ड तस्बिर सौजन्य : प्रचण्डको सचिवालय

काठमाडौँ-  नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आइतबार नेकपा(क्रान्तिकारी माओवादी) का मोहन बैद्य ‘किरण’ लाई उनकै निवास टोखा पुगेर भेट गरेका छन्।

प्रचण्डले वैद्यको स्वास्थ्य अवस्थामा क्रमशः सुधार हुँदै गएको प्रति खुसी व्यक्त गरेका थिए।

प्रचण्डका साथ माओवादी उपाध्यक्ष अग्निप्रसाद सापकोटा र उपमहासचिव मातृका यादव पनि वैद्यलाई भेट्न टोखा पुगेका थिए।

वैद्य एक महिनाभन्दा लामो अस्पताल बसाइपछि असार ३ गते त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालबाट डिस्चार्ज भएका थिए। उनलाई छातीमा संक्रमण भएपछि अस्पताल भर्ना गरिएको थियो। किरणको स्वास्थ्यमा उल्लेख्य सुधार भइरहेको परिवारका सदस्यले बताएका छन्।

प्रकाशित: ४ साउन २०८२ १२:४६ | Sunday, July 20, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast