विषालु च्याउ खाँदा जुम्लामा पाँच बिरामी

हिमाल प्रेस १२ साउन २०८२ ८:१० | Monday, July 28, 2025
विषालु च्याउ खाँदा जुम्लामा पाँच बिरामी

काठमाडौँ- जुम्लाको गुठिचौर गाउँपालिका-१ मणिसाँघुमा जंगली विषालु च्याउ खाँदा एकै परिवारका पाँचजना सदस्य बिरामी भएका छन्।

आइतबार दिउँसो करिब ३ बजे च्याउ सेवन गरेपछि उनीहरूमा पेट दुख्ने, वान्ता हुने लगायतका लक्षण देखिएपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला लगिएको थियो।

बिरामी पर्नेमा ६० वर्षीय लेखकमान महतरा, ५८ वर्षीया राजकुमारी महतरा, ४५ वर्षीया कल्पना रावत, २८ वर्षीया सपना महतरा बिष्ट र ३ वर्षीय पुजन बिष्ट छन्। उनीहरू सबै लेखकमान महतराको परिवारका सदस्य हुन्। हाल सबैको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

प्रकाशित: १२ साउन २०८२ ८:१० | Monday, July 28, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast