विश्वकप छनोटका लागि ३२ क्रिकेट क्याम्पमा : आदिल फर्किए, अविनाश परेनन्

हिमाल प्रेस ३० असार २०८२ ७:२९ | Monday, July 14, 2025
विश्वकप छनोटका लागि ३२ क्रिकेट क्याम्पमा : आदिल फर्किए, अविनाश परेनन्

काठमाडौँ- टी २० विश्वकप एसिया छनोटका लागि ३२ क्रिकेटरलाई प्रशिक्षणमा बोलाइएको छ।नेपाल क्रिकेट संघ (क्यान) ले आइतबार आदिल सहित ३२ क्रिकेटरलाई प्रशिक्षणमा बोलाएको छ। आदिलले करिब ३ वर्ष पछि राष्ट्रिय टोलीको प्रारम्भिक टोलीमा अटाएका हुन्।

आदिल केही वर्ष अघि नेपाल टी २० लिगमा फिक्सिङको आरोपमा प्रतिबन्ध परेका थिए। आरोप प्रमाणित नभएपछि प्रतिबन्ध मुक्त भएका आदिल त्यसयता पहिलो पटक प्रारम्भिक टोलीमा परेका हुन्।

नेपाली मालिगंको नाममा परिचित अभिनाश बोहोराले भने ३२ सदस्यीय टोलीमा स्थान बनाउँन सकेनन्। नेपालले अक्टोबरमा ओमानमा विश्वकपको एसिया तथा पूर्वी एसिया प्यासेफिक छनोट खेल्दैछ। त्यसअघि अस्ट्रेलिया भ्रमण गर्ने नेपालले वेस्ट इन्डिजसँग ३ खेलको टी २० आई सिरिज पनि खेल्नेछ।

छनोटमा ९ राष्ट्रको सहभागीता रहने छ । सहभागी राष्ट्रलाई ३ समूहमा विभाजन गरिएको छ। हरेक समूहका शीर्ष २ देशले सुपर सिक्समा स्थान बनाउने छन्।

सुपर सिक्सको शीर्ष तीनमा रहने टोलीले आगामी वर्ष भारत र श्रीलंकामा आयोजना हुने विश्वकपमा स्थान बनाउने छन्।
प्रारम्भिक नेपाली टोली

रोहित पौडेल, कुशल भुर्तेल, अनिल शाह, आसिफ शेख, भीम शार्की, लोकेश बम, कुशल मल्ल, आरिफ शेख, सन्दीप जोरा, बिबेक यादव, गुलशन झा, सन्दीप लामिछाने, नन्दन यादव, करण केसी, सोमपाल कामी, रिजन ढकाल, प्रतिश जीसी, ललित नारायण राजवंशी, कमल सिंह ऐरी, शाहब आलम, सागर ढकाल, आकाश चन्द, दिपेन्द्र सिंह ऐरी, रुपेश सिंह, अर्जुन घर्ती, युवराज खत्री, किरण ठगुन्ना, आदिल आलम, पवन सर्राफ, शेर मल्ल, सुभ कंसाकर, बसीर अहमद

प्रकाशित: ३० असार २०८२ ७:२९ | Monday, July 14, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 + eleven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast