विपन्न लक्षित छात्रवृत्ति फुकुवा, ३५४ स्थानीय तहमा रकम पठाइयो

हिमाल प्रेस ३२ असार २०८२ ११:२० | Wednesday, July 16, 2025
विपन्न लक्षित छात्रवृत्ति फुकुवा, ३५४ स्थानीय तहमा रकम पठाइयो

काठमाडौँ- शिक्षा तथा मानव स्रोत विकास केन्द्र भक्तपुरको समावेशी शिक्षा शाखाले सामुदायिक विद्यालयमा अध्ययनरत विपन्न वर्गका विद्यार्थीहरूका लागि प्रदान गरिने छात्रवृत्ति रकम फुकुवा गरिएको जानकारी दिएको छ।

केन्द्रका निर्देशक रामप्रसाद शर्माका अनुसार आर्थिक वर्ष २०८२/८३ अन्तर्गत ३५४ स्थानीय तहमा विपन्न लक्षित छात्रवृत्ति रकम पठाइएको छ। हाल उक्त रकमको सम्पूर्ण फुकुवा भइसकेकोले सम्बन्धित विद्यालयहरूले कोष तथा लेखा नियन्त्रक कार्यालयसँग समन्वय गरी विद्यार्थीहरूलाई भुक्तानी दिने प्रक्रिया अघि बढाउन अनुरोध गरिएको छ।

यो छात्रवृत्ति कार्यक्रम आर्थिक रूपमा कमजोर पृष्ठभूमिका विद्यार्थीहरूको शैक्षिक पहुँच वृद्धि गर्ने उद्देश्यले सञ्चालन गरिएको हो। केन्द्रले समयमा भुक्तानी सुनिश्चित गर्न सम्बन्धित निकायलाई आवश्यक पहल गर्न आग्रह गरेको छ।

प्रकाशित: ३२ असार २०८२ ११:२० | Wednesday, July 16, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven + 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast