काठमाडौँ– प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वार्थ समूहको चलखेलका कारण विद्यालय शिक्षा विधेयक संसदीय समितिमै रोकिएको बताएका छन्। प्रतिनिधिसभाको सोमबारको बैठकमा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले उक्त कुरा बताएका हुन्।
अध्यक्ष प्रचण्डले संघीय निजामती सेवा, विद्यालय शिक्षा, नागरिकता लगायतका विधेयकहरू संसद्मा प्रस्तुत गर्न प्रतिपक्षले खेलेको जिम्मेवार भूमिकाको स्मरण गरे। उनले भने, ‘हामी आफैँले निकै मेहनत गरेर सदनमा पुर्याएका विधेयक पारित गराउने उद्देश्यले अवरोध हटाएका हौँ।’
समितिबाट सर्वसम्मत रूपमा पारित संघीय निजामती सेवा विधेयकमाथि गम्भीर षड्यन्त्र भएको आरोप उनको छ।
प्रकाशित: ३० असार २०८२ १५:०४ | Monday, July 14, 2025
प्रतिक्रिया





