विद्यादेवी भण्डारीको सक्रिय राजनीतिमा पुनरागमन अस्वीकार्य : एमाले

हिमाल प्रेस १० साउन २०८२ १७:०२ | Saturday, July 26, 2025
विद्यादेवी भण्डारीको सक्रिय राजनीतिमा पुनरागमन अस्वीकार्य : एमाले

भक्तपुर– नेकपा एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सक्रिय राजनीतिमा पुनरागमन स्वीकार्य नरहेको प्रस्ट पारेको छ।

एमालेका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले पूर्वराष्ट्रपति भण्डारीको सक्रिय राजनीतिमा पुनरागमन पार्टीलाई स्वीकार्य नभएको बताएका हुन्।

शनिबार नेपाल प्रेस सोसाइटीले भक्तपुरमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा उनले भण्डारीको एमाले पार्टी सदस्यता र राजनीतिक पुनः सक्रियता एमालेका लागि ‘गौण विषय’ भएको बताए।

एमालेको केन्द्रीय कमिटी बैठकले ७० वर्षे उमेर सीमा, कार्यकारी पदमा दुई कार्यकालको सीमा र पूर्वराष्ट्रपतिको सक्रियता निषेध सम्बन्धमा विधिवत र घनीभूत छलफलपछि निर्णय गरेको उनकाृ भनाइ छ।

केन्द्रीय कमिटी बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले कसैलाई बोल्न नदिएको भन्ने आरोप निराधार रहेको बताउँदै प्रचार विभाग प्रमुख गौतमले बैठक सर्वसहमतिको वातावरणमा निर्णय गरी सम्पन्न भएको उल्लेख गरे।

प्रकाशित: १० साउन २०८२ १७:०२ | Saturday, July 26, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − 15 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast