वामदेव गौतम साउन २ गते एकीकृत समाजवादीमा समाहित हुने

हिमाल प्रेस २७ असार २०८२ १२:३९ | Friday, July 11, 2025
वामदेव गौतम साउन २ गते एकीकृत समाजवादीमा समाहित हुने

काठमाडौँ- नेकपा एकता राष्ट्रिय अभियानका अध्यक्ष वामदेव गौतम नेकपा (एकीकृत समाजवादी) पार्टीमा समाहित हुने भएका छन्। साउन २ गते राष्ट्रिय सभागृहमा विशेष समारोह आयोजना गरी दुई समूहबीचको एकता औपचारिक रूपमा घोषणा गरिने छ।

एकतासम्बन्धी सहमति पत्रमा नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधव कुमार नेपाल र नेकपा एकता राष्ट्रिय अभियान अध्यक्ष गौतमले हस्ताक्षर गरेका छन्। सहमतिमा दुवै पक्षको राजनीतिक सिद्धान्त मिल्दो र नेपालको कम्युनिस्ट आन्दोलनलाई एकीकृत गर्नु आजको ऐतिहासिक आवश्यकता भएको उल्लेख गरिएको छ।

सर्वोच्च अदालतले तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीचको एकता खारेज गरेपछि गौतमले कुनै पार्टीमा नलागी ‘नेकपा एकता राष्ट्रिय अभियान’ सुरु गरेका थिए। प्रारम्भमा उनी एमालेमै फर्किने तयारीमा थिए तर अध्यक्ष केपी शर्मा ओलीको असहमतिको कारण उनी रोकिएका थिए।

प्रकाशित: २७ असार २०८२ १२:३९ | Friday, July 11, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast