लुम्बिनी– लुम्बिनी प्रदेशमा नवनियुक्त युवा तथा खेलकुदमन्त्री सन्तोषकुमार पाण्डेले सोमबार पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।
प्रदेश प्रमुख कृष्णबहादुर घर्तीसमक्ष नवनियुक्त मन्त्री पाण्डेले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन्।
मुख्यमन्त्री चेतनारायण आचार्य, पूर्वमुख्यमन्त्री डिल्लीबहादुर चौधरी, प्रदेशका मन्त्री तथा उच्चपदस्थ पदाधिकारीहरुको उपस्थितिमा मन्त्री पाण्डेले प्रदेश प्रमुखको कार्यालय बुटवलमा शपथ ग्रहण गरेका हुन्।
लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्यले आइतबार मन्त्रिपरिषद् विस्तार गरेका थिए। खाली रहेको युवा तथा खेलकुदमन्त्रीमा लोसपाका संसदीय दलका नेता पाण्डेलाई नियुक्त गरेका हुन्।
प्रकाशित: १२ साउन २०८२ १७:२१ | Monday, July 28, 2025
प्रतिक्रिया




