रूपन्देही-३ उपनिर्वाचन : उपनिर्वाचनको कार्यक्रम स्वीकृत

हिमाल प्रेस ४ साउन २०८२ १६:१९ | Sunday, July 20, 2025
रूपन्देही-३ उपनिर्वाचन : उपनिर्वाचनको कार्यक्रम स्वीकृत

काठमाडौँ– निर्वाचन आयोगले रूपन्देही जिल्ला प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. ३ मा हुने उपनिर्वाचनको कार्यक्रम स्वीकृत गरेको छ। उक्त क्षेत्रमा कात्तिक १७ गते उपनिर्वाचन हुने कार्यतालिका छ।

आयोगद्वारा आइतबार स्वीकृत कार्यक्रमअनुसार २०८२ असोज २१ गते बिहान १० बजेदेखि बेलुका १७ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयन दर्ता हुनेछ भने सोही दिन बेलुका १७ बजेदेखि १९ बजेसम्ममा उम्मेदवारको सूची प्रकाशन हुनेछ।

उल्लिखित सूचीमा रहेका उम्मेदवारको विरोधमा उजुरी दिने अवधि असोज २२ गते बिहान १० बजेदेखि दिउँसो १५ बजेसम्म तोकिएको छ। सोही दिनको दिउँसो १५ बजेदेखि असोज २३ गते बेलुका १७ बजेसम्ममा मनोनयनपत्र र उजुरी उपर जाँचबुझ एवम् निर्णय गरी असोज २३ गते बेलुका १७ बजेदेखि १९ बजेसम्ममा निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको नामावली प्रकाशन गरिने आयोगले जनाएको छ।

असोज २४ गते बिहान १० बजेदेखि दिउँसो १३ बजेसम्म उम्मेदवारको नाम फिर्ता लिन सकिनेछ भने सोही दिन दिउँसो १३ बजेदेखि १५ बजेसम्ममा निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी दिउँसो १५ बजेदेखि १८ बजेसम्ममा उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने कार्यक्रम छ।

आयोगकी प्रवक्ता नीता पोखरेल अर्यालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ, ‘निर्वाचन कार्यक्रम अनुसार मिति २०८२ कात्तिक १७ गते बिहान ७ बजेदेखि बेलुका १७ बजेसम्म सम्बन्धित मतदान केन्द्रमा मतदान हुनेछ।’

प्रकाशित: ४ साउन २०८२ १६:१९ | Sunday, July 20, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − 10 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast