रूपन्देही ३ को उपनिर्वाचनका लागि उम्मेदवार सिफारिस गर्न एमालेको निर्देशन

हिमाल प्रेस १५ साउन २०८२ ८:१९ | Thursday, July 31, 2025
रूपन्देही ३ को उपनिर्वाचनका लागि उम्मेदवार सिफारिस गर्न एमालेको निर्देशन

काठमाडौँ- रूपन्देही निर्वाचन क्षेत्र नम्बर ३ मा हुन लागेको उपनिर्वाचनका लागि सत्तारुढ नेकपा एमालेले उम्मेदवार चयन प्रक्रिया अघि बढाएको छ।

निर्वाचन आयोगले उक्त निर्वाचन क्षेत्रमा कात्तिक १७ गते उपनिर्वाचन गर्ने घोषणा गरिसकेको छ। त्यहाँका लागि एक महिलासहित सम्भावित तीन उम्मेदवारको नाम सिफारिस गर्न एमाले महासचिव शंकर पोखरेलले जिल्ला र प्रदेश कमिटीलाई पत्र पठाएका हुन्।

पत्रअनुसार जिल्ला कमिटीले निर्वाचन क्षेत्रीय समन्वय कमिटीलाई उम्मेदवार सिफारिसका लागि जानकारी गराउनेछ। एमाले केन्द्रीय कार्यालयका सचिव भीष्म अधिकारीका अनुसार बुधबार दुवै कमिटीलाई पत्र पठाई भदौ १५ भित्र उम्मेदवारको नाम पठाइसक्न निर्देशन दिइएको छ।

मातहतका कमिटीबाट आएका नाममध्ये एमाले केन्द्रीय सचिवालयले एउटा नाम अनुमोदन गर्ने अधिकारीले बताए। सो क्षेत्रमा २०७९ को निर्वाचनमा एमालेको समर्थनमा राप्रपाका बोहोरा विजयी भएका थिए।

२०७९ मंसिर ४ गते भएको निर्वाचनबाट निर्वाचित बोहरा चैत १९ गते बितेपछि सो पद रिक्त भएको छ।

प्रकाशित: १५ साउन २०८२ ८:१९ | Thursday, July 31, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast