रुसमा शक्तिशाली भूकम्प

हिमाल प्रेस १४ साउन २०८२ ७:२८ | Wednesday, July 30, 2025
रुसमा शक्तिशाली भूकम्प

काठमाडौँ- रुसको सुदूरपूर्वी तटमा बुधबार ८.७ म्याग्निच्यूडको शक्तिशाली भूकम्प गएको छ। अमेरिकी भौगर्भिक सर्वेक्षण संस्थान (यूएसजीएस) ले यो जानकारी दिएको हो ।

यूएसजीएसका अनुसार रुसको पेट्रोपाभ्लोभ्स्ककाम्चात्स्की शहरबाट करिब १३६ किलोमिटर टाढा र १९ किलोमिटर गहिराइमा भूकम्प गएको हो। शक्तिशाली भूकम्पपछि त्यहाँ सुनामीको चेतावनी जारी गरिएको छ।

त्यहाँका गभर्नर भ्लादिमिर सोलोदोभले अहिलेसम्म क्षतिको न्यून मात्र विवरण आएको उनले जनाएका छन्। काम्चात्का प्रायद्वीपमा सुनामीको जोखिम रहेको भन्दै स्थानीय बासिन्दालाई तटीय क्षेत्रहरूबाट टाढा रहन आग्रह गरेका छन्।

शक्तिशाली भूकम्प गएपछि जापान र अमेरिकाले सुनामीको चेतावनी जारी गरेका छन्। अमेरिकी अधिकारीहरूले अलास्का र हवाईका लागि सुनामी चेतावनी जारी गरेका छन्। हवाईमा तीन मिटर अग्ला छालहरू आउने चेतावनी दिइएको छ।

होनोलुलुमा रहेको अमेरिकी प्रशान्त सुनामी चेतावनी केन्द्रका अनुसार एकदेखि तीन मिटर ९३.३ देखि १० फिट० अग्ला छालहरूले अमेरिकी टापु क्षेत्र गुआमलाई खतरामा पार्न सक्छ।

प्रकाशित: १४ साउन २०८२ ७:२८ | Wednesday, July 30, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast