‘रियाल रिङ्गेट’ को गीत ‘आमा’ सार्वजनिक

हिमाल प्रेस ११ साउन २०८२ १५:२० | Sunday, July 27, 2025
‘रियाल रिङ्गेट’ को गीत ‘आमा’ सार्वजनिक

काठमाडौँ- यही साउन १६ देखि प्रदर्शन हुने फिल्म ‘रियाल रिङ्गेट’ को ‘आमा’ बोलको सार्वजनिक भएको छ। गीतले वैदेशिक रोजगारीमा गएका नेपाली युवाको शारीरिक र मानसिक पीडासहित उनीहरूको मनोदशालाई मार्मिक ढंगले प्रस्तुत गरेको छ।

गीतमार्फत फिल्मको मुख्य विषयवस्तु, वैदेशिक श्रम जीवनको यथार्थ चित्रण देख्न सकिन्छ। गायक रामचन्द्र काफ्लेले स्वर रहेको गीतमा मदन पुरस्कार विजेता अमर न्यौपानेको शब्द छ। गायक काफ्लेकै संगीत रहेको गीतमा किरण तुलाधरको संगीत संयोजन छ।

‘रियाल रिङ्गेट’ खाडी मुलुक कतार, साउदी अरेबिया र मलेसियाको मुद्रा हो। यी दुई मुद्राको नाम संयोजनले ती मुलुकहरूमा श्रम गर्ने नेपालीको वास्तविकता फिल्ममा चित्रण गरिएको छ।

प्रमोद चौलागाईं र निता ढुंगाना मुख्य भूमिकामा रहेको फिल्ममा छुल्ठिम डोल्मा गुरुङ, रवीन्द्र खड्का, ध्रुव कोइराला, प्रेम सुब्बा, रामचन्द्र अधिकारी, रियर राई, रोशन श्रेष्ठ, ईश्वरी बराल, विमला गिरी, सीमा केसी, सन्दीप तामाङ, सुवास थापा मगर, विशाल थापालगायत कलाकारको अभिनय छ।

प्रदीप भारद्वाजको कथा लेखन रहेको फिल्मका निर्देशक विभोर पोखरेल हुन्। रोशन श्रेष्ठको द्वन्द्व निर्देशन, हरि घलेको छायाङ्कन, विपिन मल्लको सम्पादन, किरण तुलाधरको ब्याकग्राउन्ड स्कोर र राजीव समरको कोरियोग्राफीमा बनेकाे छ।

प्रकाशित: ११ साउन २०८२ १५:२० | Sunday, July 27, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − fourteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast