राष्ट्रियसभामा मन्त्रीसँग प्रश्नोत्तर

हिमाल प्रेस ६ साउन २०८२ ६:४१ | Tuesday, July 22, 2025
राष्ट्रियसभामा मन्त्रीसँग प्रश्नोत्तर

काठमाडौँ- राष्ट्रियसभाको बैठक आज बस्दैछ। मंगलबार अपराह्न सवा १ बजे बैठक बस्ने संसद् सचिवालयले जनाएको छ।

आजको बैठकमा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘संघीय निजामती सेवा विधेयक, २०८० लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ।

गृहमन्त्री रमेश लेखकले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र गृह मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरुको सम्बन्धित मन्त्रीले उत्तर दिनेछन्।

प्रकाशित: ६ साउन २०८२ ६:४१ | Tuesday, July 22, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine − 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast