राष्ट्रपति पौडेल र सभामुख घिमिरेबीच भेटवार्ता

हिमाल प्रेस ९ साउन २०८२ १०:५१ | Friday, July 25, 2025
राष्ट्रपति पौडेल र सभामुख घिमिरेबीच भेटवार्ता राष्ट्रपति रामचन्द्र पौडेलसँग शुक्रबार शीतल निवासमा भेट गर्दै सभामुख देवराज घिमिरे। तस्बिर : राष्ट्रपतिको सचिवालय

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलसँग शुक्रबार सभामुख देवराज घिमिरेले भेट गरेका छन्। भेट राष्ट्रपति निवास शीतल निवासमा भएको हो।

भेटमा राभामुख घिमिरेले संसद्का सभामुखहरूको जेनेभामा जुलाई २९ देखि ३१ सम्म हुने विश्व सम्मेलन नेपालको सहभागिताबारे राष्ट्रपति पौडेललाई जानकारी गराएको राष्ट्रपतिको सचिवालयले जनाएको छ। सभामुख घिमिरे सभामुखहरूको विश्व सम्मेलनमा सहभागी हुनका लागि २७ जुलाईमा जेनेभा जाने कार्यक्रम छ।

 

प्रकाशित: ९ साउन २०८२ १०:५१ | Friday, July 25, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast