राप्रपा उपाध्यक्षबाट हटाइएका गिरी पुगे निर्वाचन आयोग

हिमाल प्रेस ४ साउन २०८२ १२:०४ | Sunday, July 20, 2025
राप्रपा उपाध्यक्षबाट हटाइएका गिरी पुगे निर्वाचन आयोग

काठमाडौँ- राप्रपाको उपाध्यक्षबाट बर्खास्त गरिएका मुकुन्दश्याम गिरी निर्वाचन आयोगमा पुगेका छन्। उनलाई शुक्रबार राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले पदबाट हटाएका थिए। गिरीले अध्यक्ष लिङ्देनलाई पदबाट हटाउने कुनै अधिकार नरहेको भन्दै आइतबार आयोग गुहारेका हुन्।

उनले आफूलाई अध्यक्ष लिङ्देनले अन्याय गरेको बताए। उनले भने, ‘कारबाही गर्नुअघि स्पष्टीकरण पनि दिन नपाएको बताए।’ गिरीका साथ महामन्त्री धवलशमशेर राणा पनि आयोगमा पुगेका छन्।

यसैबीच पाध्यक्ष र केन्द्रीय सदस्यबाट बर्खास्तीमा परेका गिरीलाई साविककै पदमा फर्काउन १६ केन्द्रीय नेताहरूले सामूहिक अपिल गरेका छन्। उनीहरूले केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देललाई अपिलमार्फत गिरी राप्रपा स्थापनाकालदेखि अनवरत सक्रिय रहेकाले पदमुक्त भएको विषयप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्।

अपिलपत्रमा ती केन्द्रीय सदस्यहरूले पदमुक्त भएका गिरीले पार्टीलाई दिएको योगदान, त्याग र तपस्याको अवमूल्यन गरी पार्टीलाई विधानतः संचालन गर्नका लागि नेतृत्वलाई सजग गराउने प्रकृतिको सामूहिक वक्तव्यलाई आधार बनाएर विना कुनै सूचना र स्पष्टीकरण पदमुक्त गरेको जनाएका छन्।

उनीहरूले यस प्रकारको कार्यप्रति असहमति जनाउँदै पार्टीको वृहत्तर हित र पार्टी एकतालाई ध्यानमा राखेर विधानविपरीत गरिएको कारबाही तत्काल फिर्ता गर्न अनुरोध गरेका छन्।

अपिल गर्नेमा राप्रपाकी केन्द्रीय महामन्त्री कुन्तीकुमारी शाही, कर्णाली अध्यक्ष दीपबहादुर शाही, केन्द्रीय सदस्यहरूसत्यबहादुर शाही, कालिबहादुर शाही, सुनिता शाह, सौरेन्द्रबहादुर शाह, सहायक महामन्त्री (रुकुम पश्चिम) यज्ञबहादुर सिंह, केन्द्रीय सदस्य, (जाजरकोट), केन्द्रीय सदस्यहरू जनकसिंह ठकुरी, भीमबहादुर शाही, अनुपम सिंह श्रेष्ठ दीपक मल्ल, केन्द्रीय सदस्य, दिपक खनाल, , बबिता शाही, धनसुर शाही, अमर गिरी, टीका योगी, अध्यक्ष, सुर्खेत काठमाडौँ सम्पर्क समाज रहेको छ।

प्रकाशित: ४ साउन २०८२ १२:०४ | Sunday, July 20, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − 11 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast