राप्रपाका १६ केन्द्रीय सदस्यले भने : मुकुन्दश्याम गिरीलाई पूर्ववत् जिम्मेवारीमा फर्काइयोस्

हिमाल प्रेस ४ साउन २०८२ ८:१७ | Sunday, July 20, 2025
राप्रपाका १६ केन्द्रीय सदस्यले भने : मुकुन्दश्याम गिरीलाई पूर्ववत् जिम्मेवारीमा फर्काइयोस्

काठमाडौँ- केही दिनअघि राप्रपाको उपाध्यक्ष र केन्द्रीय सदस्यबाट बर्खास्तीमा परेका मुकुन्द श्याम गिरीलाई साविककै पदमा फर्काउने १६ केन्द्रीयले सामूहिक अपिल गरेका छन्। उनीहरूले केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देललाई अपिलमार्फत गिरी राप्रपा स्थापनाकालदेखि अनवरत सक्रिय रहेकाले पदमुक्त भएको विषय प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्।

अपिल पत्रमा ती केन्द्रीय सदस्यहरूले पदमुक्त भएका गिरीले पार्टीलाई दिएको योगदान, त्याग र तपस्याको अवमूल्यन गरी पार्टीलाई विधानतः संचालन गर्नका लागि नेतृत्वलाई सजग गराउने प्रकृतिको सामूहिक वक्तव्यलाई आधार बनाएर विना कुनै सूचना र स्पष्टीकरण पदमुक्त गरेको जनाएका छन्।

उनीहरूले यस प्रकारको कार्यप्रति असहमति जनाउँदै पार्टीको वृहत्तर हित र पार्टी एकतालाई ध्यानमा राखेर विधान विपरीत गरिएको कारबाही तत्काल फिर्ता गर्न अनुरोध गरेका छन्।

अपिल गर्नेमा राप्रपाकी केन्द्रीय महामन्त्री कुन्तीकुमारी शाही, कर्णाली अध्यक्ष दीपबहादुर शाही, केन्द्रीय सदस्यहरूसत्यबहादुर शाही, कालिबहादुर शाही, सुनिता शाह, सौरेन्द्र बहादुर शाह, सहायक महामन्त्री (रुकुम पश्चिम) यज्ञ बहादुर सिंह, केन्द्रीय सदस्य, (जाजरकोट), केन्द्रीय सदस्यहरू जनक सिंह ठकुरी, भीमबहादुर शाही, अनुपम सिंह श्रेष्ठ दीपक मल्ल, केन्द्रीय सदस्य, दिपक खनाल, , बबिता शाही, धनसुर शाही, अमर गिरी, टीका योगी, अध्यक्ष, सुर्खेत काठमाडौँ सम्पर्क समाज रहेको छ।

प्रकाशित: ४ साउन २०८२ ८:१७ | Sunday, July 20, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 + thirteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast