रसुवाको भोटेकोशी फेरि बाढी, पुल र क्याम्प पनि बग्यो

हिमाल प्रेस १४ साउन २०८२ ७:५५ | Wednesday, July 30, 2025
रसुवाको भोटेकोशी फेरि बाढी, पुल र क्याम्प पनि बग्यो नेपालको रसुवा जिल्लामा आएको बाढीपछि हराएकाको खोज तथा उद्धारमा खटिएका उद्धारकर्मीहरू। लगातारको वर्षाका कारण आएको बाढीमा परी नौजनाको निधन भएको छ भने ६ चिनियाँ नागरिकसहित १९ जना बेपत्ता भएका छन्। तस्बिर : एपी/रासस

काठमाडौँ- रसुवाको भोटेकोशी नदीमा गएराति अर्को भेलबाढी आएको छ । भोटेकोशीमा जलसतह एक्कासि बढेको रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले जानकारी दिए।

 केही पुल र क्याम्प पनि बगाएको जानकारी आएको छ । बाढी आउने बित्तिकै प्रहरी टोली परिचालन गरेर नदी तटीय क्षेत्रका स्थानीयवासीलाई सुरक्षित ठाउँमा सारिएको छ।

प्रमुख जिल्ला अधिकारी पौडेलका अनुसार मानवीय क्षति भएको अवस्था छैन। त्रिशूली नदी आसपासमा पनि सतर्कता अपनाउन अनुरोध गरिएको छ ।

गएको असार २४ गते ल्हेन्दो खोलामा भेलबाढी आएको थियो। त्यतिबेला ल्हेन्दे खोलाको माथिल्लो जलाधार क्षेत्रमा सुप्राग्ल्यासियर ताल विस्फोट हुँदा भेलबाढी आएको प्रारम्भिक निष्कर्ष निकालिएको थियो ।

त्यसबाट केरूङ नाकाको मितेरी पुल बगाउनुका साथै भन्सार यार्डमा रहेका गाडीहरू पुरेको थियो । त्यस्तै स्याफ्रुबेशीदेखि केरूङसम्म पुग्ने बाटो कटान गरेको थियो । मर्मत गरिएको यो सडक अहिले फेरि विच्छेद भएको छ ।

प्रकाशित: १४ साउन २०८२ ७:५५ | Wednesday, July 30, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast