रञ्जिता श्रेष्ठ भन्छिन्- म पार्टी अध्यक्ष कायमै छु

हिमाल प्रेस १५ साउन २०८२ १६:१० | Thursday, July 31, 2025
रञ्जिता श्रेष्ठ भन्छिन्- म पार्टी अध्यक्ष कायमै छु

काठमाडौँ- नागरिक उन्मुक्ति  पार्टी  अध्यक्षबाट हटाइएकी रञ्जिता श्रेष्ठले विधानविपरीत बसेको पार्टीको राष्ट्रिय भेलाको निर्णय मान्य नहुने बताएकी छन्।

सिंहदरबारमा बिहीबार कृषि समितिको बैठकमा सहभागी भई निस्कने क्रममा श्रेष्ठले राष्ट्रिय भेला बोलाउने अधिकार अध्यक्षलाई मात्रै रहेको भन्दै विधानविपरीत बसेको पार्टीको राष्ट्रिय भेलाको निर्णय मान्य नहुने बताएकी हुन्।

पार्टीको विधानअनुसार आफूले कुनै पनि बैठक नै आह्वान नगरेको श्रेष्ठको भनाइ छ। उनले भनिन्, ‘म पार्टीको अध्यक्षमा कायमै छु।’ श्रेष्ठले आफू निरन्तर काममा हिँडिरहेको भन्दै पार्टीको विवादका बारेमा केही थाहा नभएको बताइन्।

काठमाडौँमा बुधबार बसेको नाउपाको संस्थापक केन्द्रीय सदस्यको राष्ट्रिय भेलाले श्रेष्ठलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी अध्यक्षबाट हटाउने निर्णय गरेको थियो। पार्टीको अनुशासन समितिले श्रेष्ठलाई साधारण सदस्यसमेत नरहने गरी अध्यक्ष पदबाट हटाउन प्रस्ताव गरेको थियो। अनुशासन समितिले पेस गरेको प्रस्तावलाई राष्ट्रिय भेलाले अनुमोदन गरेको थियो।

स्पष्टीकरणको समेत जवाफ नदिएपछि अनुशासन समितिले श्रेष्ठलाई कारबाही गर्न सिफारिस गरेको थियो। राष्ट्रिय भेलाले अनुशासन समितिले गरेको प्रस्तावलाई अनुमोदन गरेको हो।

साधारण सदस्यसमेत नरहने गरी रञ्जिता नाउपाको अध्यक्षबाट बर्खास्त

प्रकाशित: १५ साउन २०८२ १६:१० | Thursday, July 31, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − twelve =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast