यस्तो छ रास्वपाको उम्मेदवार छनोट विधि

हिमाल प्रेस १ साउन २०८२ १६:५० | Thursday, July 17, 2025
यस्तो छ रास्वपाको उम्मेदवार छनोट विधि रास्वपा केन्द्रीय कार्यालय ।

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टीले उपनिर्वाचनका लागि उम्मेदवार छनोट विधि सार्वजनिक गरेको छ। पार्टीले बिहीबार उम्मेदवार छनोट विधि सार्वजनिक गरेको हो।

पार्टीले आगामी कात्तिक १७ गते रूपन्देही निर्वाचन क्षेत्र नम्बर ३ हुने उपनिर्वाचनलाई लक्ष्य गरी उम्मेदवार छनोट विधि तयार गरिएको जनाएको छ।

उम्मेदवारको अन्तिम छनोट कारक मूल्या‌ंकन विधिअनुसार विभिन्न पक्षहरूको वस्तुनिष्ठ मूल्यांकनलाई आधार मानेर गरिने पार्टीले जनाएको छ। केन्द्रीय समितिले अनुमोदन गरेको विशेष परिस्थिति बाहेक उम्मेदवार छनोटका लागि लिडरसिप एकेडेमीमा उम्मेदवारको वस्तुगत र सफल सहभागिता अनिवार्य हुनेछ।

प्रकाशित: १ साउन २०८२ १६:५० | Thursday, July 17, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast