म्याग्दीमा पहिरोले घर पुर्दा वृद्धाको मृत्यु

हिमाल प्रेस ३२ असार २०८२ २१:०४ | Wednesday, July 16, 2025
म्याग्दीमा पहिरोले घर पुर्दा वृद्धाको मृत्यु

म्याग्दी- म्याग्दीको अन्नपूर्ण गाउँपालिका-४, गाडपारमा आज (बुधबार)  दिउँसो पहिरोले घर पुर्दा वृद्धाको मृत्यु भएको छ। गाडपार गाउँमाथिको पाखोबाट खसेको ढुंगा माटोसहितको सुक्खा पहिरोले परिएर ७२ वर्षीया सीता फगामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

घरभित्रै बसिरहेकी फगामीको पहिरोले पुरिएर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सागर पौडेलले जानकारी दिए।

प्रहरी र स्थानीयवासीले मृतकको शव पहिरो पन्छाएर निकालेका थिए। पहिरोले फगामीको घरसमेत भत्किएको छ।

सीताका श्रीमान् ७२ वर्षीय टुकबहादुर फगामीले भागेर ज्यान जोगाएका छन्। पहिरोको जोखिममा रहेका पाँच घरपरिवारलाई सुरक्षित ठाउँमा सारिएको अन्नपूर्ण गाउँपालिकाका उपाध्यक्ष दिवा तिलिजा पुनले बताइन्।

प्रकाशित: ३२ असार २०८२ २१:०४ | Wednesday, July 16, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast