मोबिलिटी एक्स्पोमा टोयोटाको विशेष अफर, ‘टोयोटा मेगा अफर’ सार्वजनिक

हिमाल प्रेस ९ साउन २०८२ २०:०१ | Friday, July 25, 2025
मोबिलिटी एक्स्पोमा टोयोटाको विशेष अफर, ‘टोयोटा मेगा अफर’ सार्वजनिक

काठमाडौँ- टोयोटाको आधिकारिक बिक्रेट युनाइटेड ट्रेडर्स सिन्डीकेटले आगामी नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ को अवसरमा विशेष अफर सार्वजनिक गरेको छ।

अगस्त ६ देखि १० गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा आयोजना हुने एक्स्पोमा सहभागी हुँदा कम्पनीले ‘टोयोटा मेगा अफर’ अन्तर्गत आकर्षक सुविधाहरू घोषणा गरेको हो।

एक्सपोमा टोयोटाका तीन लोकप्रिय मोडलहरू ‘यारिस क्रस हाइब्रिड इलेक्ट्रिक’, ‘ल्यान्ड क्रुसर २५०’ लगायतका सवारीहरू प्रदर्शनमा राखिनेछ। एक्सपो अवधिभर टोयोटा गाडी बुक गर्ने ग्राहकले भारी छुट, टोयोटा प्ल्याटिनम कार्ड, जीवनभर निःशुल्क पिकअप तथा ड्रप सेवालगायतका सुविधाहरू प्राप्त गर्न सक्नेछन्।

त्यसैगरी टोयोटाको स्टलमा आउने हरेक आगन्तुकले आकर्षक गिफ्ट ह्याम्परसमेत प्राप्त गर्ने बिक्रेताले जनाएको छ। यद्यपि यो अफर एक्स्पो अवधिभर बुकिङ गर्ने ग्राहकहरूका लागि मात्र लागू हुने जनाइएको छ।

प्रकाशित: ९ साउन २०८२ २०:०१ | Friday, July 25, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 − four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast