मेची भन्सारबाट १५ अर्ब ९३ करोड राजस्व असुली

हिमाल प्रेस २ साउन २०८२ १९:११ | Friday, July 18, 2025
मेची भन्सारबाट १५ अर्ब ९३ करोड राजस्व असुली

झापा- मेची भन्सार कार्यालयले आर्थिक वर्ष २०८१/८२ मा १५ अर्ब ९३ करोड ११ लाख ६६ हजार राजस्व असुली गरेको छ।

यसअघि आव २०८०/८१ मा १४ अर्ब २३ करोड ५२ लाख ६० हजार र आव २०७९/८० मा १४ अर्ब चार करोड पाँच लाख ९२ हजार राजस्व असुली भएको भन्सार कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईँले जानकारी दिए।

आव २०८०/८१ को तुलनामा आव २०८१/८२ मा कार्यालयले एक अर्ब ६९ करोड ५९ लाख छ हजार बढी राजस्व सङ्कलन गर्न सफल भएको छ। कार्यालयले आव २०८१/८२ मा १७ अर्ब ३४ करोड ४६ लाख २५ हजार राजस्व असुलीको लक्ष्य राखेको थियो। भन्सारका सूचना अधिकारी हुमागाईँले लक्ष्यको तुलनामा ९१ दशमलव ८६ प्रतिशत प्रगति भएको बतताए।

नेपालको पूर्वी प्रवेशद्वार मानिएको काँकडभिट्टामा रहेको यो भन्सार हुँदै पेट्रोलियम पदार्थ, तरकारी, यातायातका साधन र तिनका पार्टपुर्जा, खनिज उत्पादन, प्लास्टिकका कच्चा पदार्थ, कफी, दलहन, फलफूल, इलेक्ट्रिक मेसिनरी उपकरण, फलाम तथा फलामका सामग्रीलगायत वस्तु आयात हुने गरेको छ।

त्यसै गरी, यस नाकाबाट निर्यात हुने प्रमुख वस्तुहरूमा अलैँची, फलामे पाता, चिया, प्लाइउड, छुर्पी, अम्लिसो, भेनियर पाता, मोलासिस, सिमेन्ट क्लिङ्कर, अदुवालगायत छन्। रासस

प्रकाशित: २ साउन २०८२ १९:११ | Friday, July 18, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen + thirteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast