उपराष्ट्रपतिलाई राष्ट्रियसभाको अध्यक्ष बनाउने प्रस्तावमा कांग्रेस सहमत छ : देउवा

हिमाल प्रेस ९ साउन २०८२ १७:४१ | Friday, July 25, 2025
उपराष्ट्रपतिलाई राष्ट्रियसभाको अध्यक्ष बनाउने प्रस्तावमा कांग्रेस सहमत छ : देउवा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा

काठमाडौँ- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकको आवश्यकताका आधारमा संविधान संशोधन हुने बताएका छन्।

ढुण्डिराज शास्त्रीको स्वर्गारोहणको ४५ दिनको स्मृतिमा सहिद स्मृति प्रतिष्ठानले शुक्रबार काठमाडौँमा आयोजना गरेको संघीय लोकतान्त्रीक गणतन्त्र र वर्तमान संविधान विषयक विचार गोष्ठीमा सभापति देउवाले अहिलेको संविधान सवैका लागि स्वीकार्य भए पनि केहि विषयमा संशोधनको कुरा उठेकाले मुलुकको आवश्यकताका आधारमा संविधान संशोधन हुने बताएका हुन्।

उपराष्ट्रपतिलाई राष्ट्रियसभाको अध्यक्ष बनाउने गरी संशोधन गर्नुपर्ने धारणा एमालेको रहेकाले कांग्रेस पनि यसमा सहमत रहेको उनले बताए।

सभापति देउवाले नाममा कम्युनिष्ट भए पनि व्यवहारमा सबै पार्टीहरुले प्रजातान्त्रिक समाजवादी पार्टीको रुपमा काम गरिरहेको जिकिर गरे।

उनले कांग्रेस सदैव प्रजातन्त्रसहितको समाजवादको पक्षमा रहेको भन्दै अझै पनि यसमा बलियो हुन बाँकी रहेको बताए। सभापति देउवाले अहिलेको व्यवस्थाअनुसार कुनै पनि दलको बहुमत आउन नसक्ने भएकाले अरु दलसँग लचिलो भएर मिल्नुपर्ने बाध्यता रहेको उल्लेख गरे।

प्रकाशित: ९ साउन २०८२ १७:४१ | Friday, July 25, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + 18 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast