‘मुकुन्दश्याम गिरीलाई तत्काल जिम्मेवारीमा फर्काइयोस्’

हिमाल प्रेस ५ साउन २०८२ ८:३९ | Monday, July 21, 2025
‘मुकुन्दश्याम गिरीलाई तत्काल जिम्मेवारीमा फर्काइयोस्’

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को उपाध्यक्ष पदबाट बर्खास्तमा परेका मुकुन्द श्याम गिरीलाई जिम्मेवारीमा फर्काउन राप्रपा नेताहरूले दबाब दिइरहेका छन्।

कर्णाली प्रदेशबाट प्रतिनिधित्व गर्ने गिरीलाई जिम्मेवारी दिनयसअघि राप्रपाका कर्णाली स्तरका केन्द्रीय सदस्यहरूले आह्वान गरेका थिए। पार्टी महासचिवदेखि केन्द्रीय सदस्यसम्मले गिरीको पक्षधरता लिँदै बर्खास्त गर्ने काम पार्टी हितविपरीत भएको बताएका थिए। यसपछि कर्णालीका सबै राप्रपा जिल्ला अध्यक्षहरूले गिरीलाई तत्काल जिम्मेवारीमा फर्काउन दबाब दिइरहेका छन्।

राप्रपा स्थापनाकालदेखि अनवरत पार्टीमा सक्रिय रहेका गिरीलाई हटाउने काम पार्टी विधान विपरीत भएको उनीहरूको ठहर छ। उनीहरूले भनेका छन्,‘उहाँले पार्टीलाई दिनुभएको योगदान, त्याग र तपस्याको अवमूल्यन गरी पार्टीलाई विधानतः संचालन गर्नका लागि नेतृत्वलाई सजग गराउने प्रकृतिको सामुहिक वक्तव्यलाई आधार बनाएर बिना कुनै सूचना र स्पष्टीकरण निष्ठावान नेता गिरीलाई उपाध्यक्ष तथा केन्द्रीय सदस्य पदबाट पदमुक्त गर्ने कार्यले यस कर्णाली प्रदेशमा यसै त कमजोर संगठन एकातर्फ थप कमजोर हुने अवस्था छ भने अर्कोतर्फ कार्यकर्तामा निराशा बढेको छ।’

१. कृष्ण विक्रम शाह, अध्यक्ष, जाजरकोट

२. भक्त बहादुर शाही, अध्यक्ष, दैलेख

३. हंश बहादुर मल्ल, अध्यक्ष, कालिकोट

४. राज बहादुर मल्ल, अध्यक्ष, मुगु
/सहमति दिएको, प्राविधिक कारणले हस्ताक्षर प्राप्त नभएको

५. बेद बहादुर शाही, अध्यक्ष, जुम्ला

६. विनोद कुमार शाह, अध्यक्ष, रुकुम पश्चिम

७. प्रेम बहादुर रावत, उपाध्यक्ष, हुम्ला

८. सल्यान, जिल्ला अधिवेशन सम्पन्न भएको, अध्यक्ष चयन हुन बाँकि

९. अन्जु बस्याल, उपाध्यक्ष, सुर्खेत

प्रकाशित: ५ साउन २०८२ ८:३९ | Monday, July 21, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen + thirteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast