‘मिस युनिभर्स नेपाल २०२५’ लाई प्रधानमन्त्री ओलीकाे शुभकामना

हिमाल प्रेस १ साउन २०८२ ११:१८ | Thursday, July 17, 2025
‘मिस युनिभर्स नेपाल २०२५’ लाई  प्रधानमन्त्री ओलीकाे शुभकामना

काठमाडौँ- सौन्दर्य प्रतियोगिता ‘मिस युनिभर्स नेपाल २०२५’ का प्रतियोगीलाई प्रधानमन्त्री केपी शर्मा ओलीले शुभकामना दिएका छन्। अहिले पूर्वका विभिन्न ठाउँमा भइरहेको अडिसनमा सहभागीहरूलाई प्रधानमन्त्री ओलीले शुभकामना दिएका हुन्।

केही दिनअघि भद्रपुर विमानस्थलमा प्रतियोगिताका आयोजकलाई भेटेर उनले शुभकामना दिएका हुन्। भेटमा आयोजक संस्था ‘ग्लोबल ग्ल्यामर भेन्चर’ की संगीता पुरी, मिस युनिभर्स २०२४ की विजेता सम्पदा घिमिरेलगायतको टिम थियो।

उनले नेपाल र मुलुकको सौन्दर्य चिनाउने कुरामा सौन्दर्य प्रतियोगिता उपयोगी हुने बताएका छन्। प्रधानमन्त्री ओलीले भने, ‘अन्तर्राष्ट्रिय स्तरको मिस युनिभर्सको अडिसन दमकमा आयोजना भइरहेको थाहा पाउँदा खुसी लागिरहेको छ। यो नेपाल, नेपालको ब्युटी र ट्यालेन्ट चिनाउने अवसर हो। हाम्रा चेलीहरूले यो अवसरलाई राम्रो सदुपयोग गर्नुहुनेछ भन्ने मैले विश्वास लिएको छु।’

मिस युनिभर्स नेपाल २०२५ को अडिसन झापाको दमक र विराटनगरमा सकिसकेको छ। जसमा ४० जनाले अडिसन दिएको आयोजकले बताएको छ। त्यस्तै, चितवन, पोखरा, बुटवललगायतका ठाउँमा अडिसनको तयारी भइरहेको आयोजकले जनाएको छ।

प्रकाशित: १ साउन २०८२ ११:१८ | Thursday, July 17, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast