एमाले केन्द्रीय कमिटीको नवौँ बैठक च्यासलमा सुरु [एजेन्डासहित]

हिमाल प्रेस ५ साउन २०८२ १२:५५ | Monday, July 21, 2025
एमाले केन्द्रीय कमिटीको नवौँ बैठक च्यासलमा सुरु [एजेन्डासहित] ललितपुरको च्यासलमा सोमबार सुरु भएको नेकपा एमालेको केन्द्रीय कमिटीको नवौँ बैठकमा सम्बोधन गर्दै अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली। तस्बिर : ओलीको सचिवालय

काठमाडौँ- नेकपा (एमाले) को केन्द्रीय कमिटीको नवौँ बैठक सोमबार ललितपुरको च्यासलमा सुरु भएको छ। बैठक अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीको सम्बोधनसहित आरम्भ भएको छ। उनले दोस्रो विधान महाधिवेशनमा प्रस्तुत हुने राजनीतिक प्रतिवेदनको अवधारणासहित समसामयिक विषयमा प्रकाश पारेका छन्।

बैठक दोस्रो विधान महाधिवेशनको तयारीमा केन्द्रित हुनेछ। विधान महाधिवेशन आगामी २०८२ भदौ २०–२२ मा काठमाडौँमा आयोजना हुँदै छ। बैठकमा उपाध्यक्ष विष्णुप्रसाद पौडेलले पोलिटब्युरोको चौथो बैठकले अनुमोदन गरेको विधान संशोधन प्रस्ताव प्रस्तुत गर्नेछन्।

यसैगरी महासचिव शंकर पोखरलले विधान महाधिवेशनमा प्रस्तुत गरिने संगठनात्मक प्रस्तावको सन्दर्भमा वडाकेन्द्रित अभियान, सदस्यता नवीकरण, प्रतिगमनकारी क्रियाकलापविरुद्धको जागरण अभियान र स्थानीय कमिटीहरूको अधिवेशनलगायत विषयमा बैठकलाई जानकारी गराउनेछन्।

केन्द्रीय कार्यालयको जिम्मा रहेको विधान महाधिवेशनको तयारी र अन्य व्यवस्थापनसम्बन्धी जानकारी केन्द्रीय कमिटीको बैठकमा प्रस्तुत हुनेछ।

प्रकाशित: ५ साउन २०८२ १२:५५ | Monday, July 21, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast