‘माग्ने राजा’ को दोस्रो गीत ‘सुतेर उठेको पैसामा’

हिमाल प्रेस ५ साउन २०८२ १७:४१ | Monday, July 21, 2025
‘माग्ने राजा’ को दोस्रो गीत ‘सुतेर उठेको पैसामा’

काठमाडौँ- आगामी भदौ ६ देखि प्रदर्शन हुने फिल्म ‘माग्ने राजा’ को ‘सुतेर उठेको पैसामा’ बोलको दोस्रो गीत सार्वजनिक भएको छ। ललितपुरको लबिम मलमा कार्यक्रम गर्दै गीत सार्वजनिक गरिएको हो।

गीतको भिडियोमा फिल्मका मुख्य कलाकार केदार घिमिरे धनाढ्य अवतार देखाइएको छ। साथमा विल्सन विक्रम राई र बाल कलाकार रोनिश खड्का पनि छन्।

गीत गायक, गीतकार तथा संगीतकार बाबुल गिरीले गाएका छन्। गीकाे शब्द र संगीतमा पनि उनकै छ। गायनमा भने बाल गायक रोनिश खड्काको पनि स्वर छ।

सामिप्यराज तिमिल्सिनाको कथा, पटकथा तथा संवाद रहेको फिल्मका निर्देशक ऋषि लामिछाने हुन्। फिल्ममा केदार घिमिरे, वर्षा शिवाकोटी, विल्सन विक्रम राई, शिशिर वाङ्देल, शारदा गिरी, राधिका कँडेल, मिस पबीलगायत कलाकारले अभिनय गरेका छन्।

मुनाल घिमिरेको प्रस्तुतिमा बनेको फिल्म आरम्भ प्रोडक्सनको ब्यानरमा निर्माण भएको छ। यसअघि फिल्मको टिजर र ‘त्यो मिठो जोवन’ बोलको गीत सार्वजनिक भइसकेको छ।

 

प्रकाशित: ५ साउन २०८२ १७:४१ | Monday, July 21, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine − two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast