माओवादी बैठक : स्थायी कमिटी बैठकको एजेन्डा तय

हिमाल प्रेस १४ साउन २०८२ १७:३५ | Wednesday, July 30, 2025
माओवादी बैठक : स्थायी कमिटी बैठकको एजेन्डा तय

काठमाडौँ- नेकपा माओवादी केन्द्रले स्थायी कमिटी बैठकको एजेन्डा तय गरेको छ।

पार्टी कार्यालय पेरिसडाँडामा बुधबार बसेको माओवादी पदाधिकारी बैठकले शुक्रबारबाट सुरु हुने स्थायी कमिटी बैठकको एजेन्डा तय गरेको प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए।

उनले स्थायी कमिटी बैठकमा अध्यक्ष प्रचण्डले वर्तमान परिस्थितिबारे ब्रिफिङ गर्ने बताए।

त्यस्तै पोखरामा आएर रोकिएको पार्टीको अभियानलाई निरन्तरता दिने विषय, पार्टीको आन्तरिक एकता बलियो बनाउने, समाजवादी मोर्चाका विषयलगायतमा छलफल गर्ने एजेण्डा तय भएको उनले जानकारी दिए।

संगठन निर्माण, नेताहरुको कार्यविभाजन र अहिलको वर्तमान अवस्थाका साथै समसामयीक प्रस्ताव पारित गरिने सापकोटाले जानकारी दिए।

स्थायी कमिटी बैठकले केन्द्रीय कमिटीको मिति समेत तय गर्ने उनले बताए।

प्रकाशित: १४ साउन २०८२ १७:३५ | Wednesday, July 30, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast