मधेश प्रदेशमा आज ‘लगपाँच’ पर्व मनाइँदै

हिमाल प्रेस १३ साउन २०८२ ७:५७ | Tuesday, July 29, 2025
मधेश प्रदेशमा आज ‘लगपाँच’ पर्व मनाइँदै

महोत्तरी- मधेश प्रदेशको महोत्तरीसहित अन्य जिल्लामा नागको पूजाआराधना गरेर ‘लगपाँच’ पर्व मनाइँदैछ। मूलघरको चारैतिर भित्तामा गाईको गोबरले नागको चित्र कोरेर दुबो, सिन्दुर र अक्षता चढाइ नागको आराधना गर्ने परम्परा रही आएको छ ।

घरमूली गृहिणीले स्नान गरेर भित्तामा नाग चित्र कोरेर पूजा आराधना गर्दै नागले रुचाउने दूध, लावा चढाउँछन्।

महोत्तरीको मटिहानी–७ स्थित राजकीय संस्कृत माध्यमिक विद्यालयमा कार्यरत शिक्षक शोभाकान्त झाले नागचित्र कोरेर पूजा गरिएपछि वर्षभरि नागको भय नहुने जनविश्वास रहेको बताए।

उनका अनुसार घरका चारै सुरका भित्तामा नागचित्र कोरिनसँगै मुख्यद्वारमा कागजमा बनाइएको नाग चित्र पनि टाँसिन्छ। मधेशमा ‘लगपाँच’ दिनपश्चात् पर्व प्रारम्भ भएको मानिन्छ।

प्रकाशित: १३ साउन २०८२ ७:५७ | Tuesday, July 29, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast