मधेशको खानेपानी, सिँचाइ र मलको समस्या समाधान गर्न सरकारलाई कांग्रेसको आग्रह

हिमाल प्रेस ९ साउन २०८२ १४:०२ | Friday, July 25, 2025
मधेशको खानेपानी, सिँचाइ र मलको समस्या समाधान गर्न सरकारलाई कांग्रेसको आग्रह कांग्रेस सभापति शेरबहादुर देउवा

काठमाडौँ- नेपाली कांग्रेसले मधेश प्रदेशमा खानेपानीको अभाव, सिँचाइको समस्या, किसानले समयमा मल र बीउ नपाएकालगायत विद्यमान समस्या तत्काल समाधान गर्न सरकारको ध्यानाकर्षण गराएको छ।

सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा पार्टीका पदाधिकारी र पूर्वपदाधिकारीको आज बसेको बैठकमा कृषिमन्त्री रामनाथ अधिकारीले कृषि क्षेत्रको पछिल्लो अवस्था बारेमा ‘ब्रफिङ’ गरेका थिए।

कांग्रेसले तीनै तहका सरकार मिलेर मधेश प्रदेशमा देखिएको खानेपानी र सिँचाइको समस्या समाधान गर्नुपर्ने, मल र बीउको नियमित आपूर्ति गर्नुपर्ने सुझाएको सहमहामन्त्री जीवन परियारले जानकारी दिए।

बैठकमा कांग्रेसबाट प्रतिनिधित्व गर्ने अन्य मन्त्रीहरूले आआफ्नो मन्त्रालयले गरेका कामका बारेमा ब्रिफिङ गरेका थिए। त्यस्तै, महामन्त्री विश्वप्रकाश शर्माले रुपन्देहीमा निकट भविष्यमा हुने उपनिर्वाचन र मतदाताको अवस्थाका बारेमा अवगत गराएका थिए।

बैठकमा संघीय सरकारका मन्त्री हेरफेर हुनेसम्बन्धी सार्वजनिक भएको विषयका सम्बन्धमा कुनै छलफल नभएको सहमहामन्त्री परियारले बताए।

प्रकाशित: ९ साउन २०८२ १४:०२ | Friday, July 25, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast