मधेशका जनतालाई आवश्यक राहत दिन सरकारलाई यादवको ध्यानाकर्षण

हिमाल प्रेस ८ साउन २०८२ १६:४८ | Thursday, July 24, 2025
मधेशका जनतालाई आवश्यक राहत दिन सरकारलाई यादवको ध्यानाकर्षण

काठमाडौँ– जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले विपत् संकटग्रस्त क्षेत्र घोषणा भएका मधेशका क्षेत्रका जनतालाई आवश्यक राहत दिन सरकारको ध्यानाकर्षण गराएका छन्।

बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै अध्यक्ष यादवले विपत् संकटग्रस्त क्षेत्र घोषणा गरेरमात्रै मधेशका किसानको समस्या समाधान नहुने भएकाले आवश्यक राहत दिन सरकारको ध्यानाकर्षण गराएका हुन्।

उनले विधुतीय सिँचाइ प्रणाली, खानेपानीको व्यवस्थाका साथै संकटग्रस्त क्षेत्रमा २४ सैँ घण्टा विधुत आपूर्ति गर्नुपर्नेमा जोड दिए। त्यस्तै यादवले किसानहरुले लिएको ऋणमा छुटको व्यवस्था र आगामी उत्पादनका समयमा अनुदानका साथै किसानहरुलाई विशेष सहयोग गर्नुपर्ने बताए।

उनले जलवायु परिवर्तनको बहस गर्ने सरकारले वन फडानीका साथै वन फडानी गर्दै भूमाफियालाई जग्गा प्रदान गर्ने गरी कानून ल्याउन लागेको भन्दै आपत्ति जनाए।

प्रकाशित: ८ साउन २०८२ १६:४८ | Thursday, July 24, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty + 13 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast