मझुवागढी नगरपालिकाका प्रमुख आमरण अनसनमा

हिमाल प्रेस १४ साउन २०८२ १४:५० | Wednesday, July 30, 2025
मझुवागढी नगरपालिकाका प्रमुख आमरण अनसनमा

काठमाडौँ– स्थानीय उत्पादनको प्रवर्द्धनलगायतका विभिन्न सात सूत्रीय माग राख्दै खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका प्रमुख तीर्थराज भट्टराईले बुधबारबाट आमरण अनसन सुरु गरेका छन्।

स्थानीय कच्चा पदार्थ प्रयोगका लागि आवश्यक कानून निर्माण गर्नुपर्ने लगायत सात सूत्रीय माग राख्दै आइतबारबाट सत्याग्रह सुरु गरेका भट्टराईले आफ्ना मागका बारेमा सरोकारवाला निकाय गम्भीर नभएको भन्दै बुधबारबाट आमरण अनसन सुरु गरेका हुन्।

जलवायु परिवर्तनको असरलाई न्यूनीकरण गर्नका लागि वन, वातावरण र पर्यावरणयुक्त सामान प्रयोगका लागि नीति बनाउनुपर्ने भन्दै आफु अग्रसर भएर लागेको भट्टराईले बताए।

संस्कृति र पर्यावरणको रक्षाका लागि कसै न कसैले पहल लिनुपर्ने भएकाले आफूले पहल लिएको उनको भनाइ छ।

उनले बाँस र अन्य कच्चा पदार्थ सरकारी कार्यालयमा प्रयोग गर्न विल्डिङ कोड र नम्स तयार, प्लास्टिकजन्य फोहर उत्पादन गरी प्रदूषण गर्ने उद्योगीसँग स्थानीय तहले अतिरिक्त दश प्रतिशत कर लिन पाउने कानुन बनाउनु पर्ने लगायतका माग राखेका छन्।

यसैबीच आमरण अनसन सुरु गरेका भट्टराईसँग सहरी विकास मन्त्रालयका अधिकारीहरुले छलफल गरेका छन्। भट्टराईका मागबारे जानकारी लिँदै उनीहरुले सरोकारवाला मन्त्रालयमा छलफल गर्ने आश्वासनसमेत दिएका छन्।

प्रकाशित: १४ साउन २०८२ १४:५० | Wednesday, July 30, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + twenty =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast