काठमाडौँ- रसुवाको भोटेकोशी नदीमा गएराति अर्को बाढी आएको छ। बुधबार बिहान ३ बजेदेखि आएको बाढीका कारण त्रिशूलीको जलसतह ह्वात्तै बढेको छ। रसुवा र नुवाकोटका स्थानीय प्रशासनले सतर्क रहन तटीय क्षेत्रका सर्वसाधारणलाई आग्रह गरेका छन्। बाढीका कारण स्याफ्रुबेसीदेखि केरुङतर्फको बाटो अवरुद्ध भएको छ।
असार २४ गते ल्हेन्दो खोलामा बाढी आएको थियो। त्यतिबेला ल्हेन्दे खोलाको माथिल्लो जलाधार क्षेत्रमा सुप्राग्ल्यासियर ताल विस्फोट हुँदा बाढी आएको प्रारम्भिक निष्कर्ष निकालिएको थियो। त्यसबाट केरूङ नाकाको मितेरी पुल बगाउनुका साथै भन्सार यार्डमा रहेका गाडी पुरेको थियो। त्यस्तै स्याफ्रुबेसीदेखि केरुङसम्म पुग्ने बाटो कटान गरेको थियो।
प्रकाशित: १४ साउन २०८२ ८:३३ | Wednesday, July 30, 2025
प्रतिक्रिया




