भोजपुरमा पशुको नश्ल सुधार गर्न कृतिम गर्भाधान सेवा सुरु

हिमाल प्रेस १२ साउन २०८२ १२:०२ | Monday, July 28, 2025
भोजपुरमा पशुको नश्ल सुधार गर्न कृतिम गर्भाधान सेवा सुरु

भोजपुर- भोजपुरका किसानका गाईभैँसीमा कृतिम गर्भाधान सेवा सुचारु गरिएको छ। नश्ल सुधार गरेर किसानलाई उन्नत जातका पशुपालनमा प्रोत्साहन गर्न कृतिम गर्भाधान सेवा सुचारु गरिएको हो।

नश्ल सुधारमार्फत किसानलाई उन्नत जातका पशुपालनमा लाग्न सहजता थप्नको लागि कार्यक्रम सञ्चालन गरिएको भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र भोजपुरका प्रमुख पुष्पराज दाहालले बताए।

हालसम्म यहाँका किसानका ११ वटा गाईभैँसीमा कृतिम गर्भाधान सेवा प्रदान गरिएको उनको भनाइ छ। ‘गाईभैँसीमा नश्ल सुधार गर्नको लागि कृतिम गर्भधान सेवा प्रदान गरिरहेका छौँ’ प्रमुख दाहालले भने,‘हालसम्म ११ पशुको कृतिम गर्भाधान गराएका छौँ। सेवा केन्द्रसँगै किसानको गोठसम्म पुगेर सेवा प्रदान गरिरहेका छौँ।’

यहाँका धेरै किसान पशुपालनमा लागेका भए पनि गाईभैँसीको नश्ल राम्रो नहुँदा सोचे जस्तो आम्दानी लिन सकिरहेका छैनन्। पशुको नश्ल सुधार गरेर मासु तथा दूध उत्पादन वृद्धि गराउने उद्देश्यले सेवा सुचारु गरिएको केन्द्रको भनाइ छ।

कृतिम गर्भधान गराउँदा नश्ल सुधारसँगै साढेबाट सर्ने रोग न्यूनीकरणमा सहयोग पुग्ने प्रमुख दाहालहको भनाइ छ। कृतिम गर्भधानले पशुहरूको वंशाणु विकास गरेर पशुपालक किसानलाई थप लाभान्वित हुनमा सहयोग पुर्‍याउने विज्ञ केन्द्रले जनाएको छ।

प्रकाशित: १२ साउन २०८२ १२:०२ | Monday, July 28, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty + nine =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast