 
                             
                                            सुर्खेत- सुर्खेतमा कर्मचारीलाई कुटपिट गरेको आरोपमा एक जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय सुर्खेतको टोलीले आइतबार राति वीरेन्द्रनगर–१ का विनोद गिरीलाई पक्राउ गरेको हो।
आइतबार पक्राउ परेका गिरीलाई सोमबार प्रहरीले सार्वजनिक गरेको हो। गिरीले शनिबार वीरेन्द्रनगर–१० मा रहेको भिजिट कर्णाली रिसोर्ट प्रालीमा काम गर्ने एक जना कर्मचारीलाई कुटपिट गरेको आरोप लागेको छ। गिरीले होटलका कर्मचारीमाथि खुकुरी र मुक्का प्रहार गरेका थिए।
कुटपिटबाट होटलका कर्मचारीलाई गम्भीर चोट लागेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डिएसपी मोहनजंग बुढथापाले जानकारी दिए। पक्राउ परेका गिरी यसअघि पनि आपराधिक पृष्ठभूमिमा मुछिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार २०७० मंसिर २८ गते नगद तथा जिन्सी लुटेको अभियोगमा डाँकाचोरी मुद्दा चलेको थियो। २०७० चैत २७ गते ज्यान मार्ने उद्योगमा मुद्दा चलेको थियो। २०७१ मा पनि केही सार्वजनिक अपराधमा मुद्दा चलेको प्रहरीले जनाएको छ। २०७१ मै गिरीमाथि ज्यान मार्ने उद्योगमा मुद्दा चलेको थियो।
२०७८ मा धारिलो हतियार खुकुरी, तरबार, खुँडा प्रहार गरी एक जनालाई ज्यान मार्ने उद्योग गरेको मुद्दा गिरीमाथि चलेको थियो। यस्तै २०८० जेठमा पनि उनीमाथि अर्को ज्यान मार्ने उद्योगमा मुद्दा चलेको थियो।

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 