भानु जयन्तीको अवसरमा निकालियो ‘भानु राथयात्रा’

हिमाल प्रेस २८ असार २०८२ १७:०३ | Saturday, July 12, 2025
भानु जयन्तीको अवसरमा निकालियो ‘भानु राथयात्रा’

काठमाडौँ- भानु जयन्तीको पूर्वसन्ध्यामा विराटनगर प्रज्ञा प्रतिष्ठानले शनिबार विराटनगरमा भानु रथयात्रा निकालेको छ।

आदिकवि भानुभक्त आचार्यको २ सय १२ औँ जन्म जयन्तीको अवसरमा आदिकवि भानुभक्तको तस्बिरसहितको रथ यात्रा निकालिएको हो। रथयात्रा विराटनगर महानगरपालिका कार्यालयबाट शुरु भएर नगरको विभिन्न भाग परिक्रमा गरेको थियो।

सो क्रममा भानुभक्त आचार्यको जीवनी, व्यक्तित्व र कृतित्वका साथै नेपाली भाषामा उनले पुर्‍याएको योगदानबारे चर्चा गरिएको थियो।

विराटनगरमा रहेका साहित्यकारहरुको बाक्लो उपस्थितिका साथै विद्यार्थीहरुको सहभागितामा र्‍याली निकालिएको थियो। साथै मानुभक्तको विषयमा जानकारी गराइएको थियो। रथ यात्रामा साहित्यकार, कलाकार, विद्यार्थी र कर्मचारीहरुको सहभागिता रहेको थियो।

नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको जन्मजयन्ती असार २९ गते आइतबार देशभर विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ।

प्रकाशित: २८ असार २०८२ १७:०३ | Saturday, July 12, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast