भगवती न्यौपाने संघीय मामिलामन्त्री नियुक्त

हिमाल प्रेस ३१ असार २०८२ १७:४१ | Tuesday, July 15, 2025
भगवती न्यौपाने संघीय मामिलामन्त्री नियुक्त

काठमाडौँ- राष्ट्रियसभाकी सांसद भगवती न्यौपाने संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री नियुक्त भएकी छन्। प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार न्यौपानेलाई मन्त्री नियुक्त गरेका हुन्। न्यौपाने एमालेकी सांसद हुन्।

यसअघि एमालेबाट राजकुमार गुप्ता संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री थिए। ७८ लाख रुपैयाँ घुस डिल गरेको अडियो सार्वजनिक भएपछि मन्त्री गुप्ताले मंगलबार राजीनामा दिएका थिए।

‘नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम प्रधानमन्त्रीज्यूको सिफारिसमा भगवती न्यौपानेलाई मन्त्री पदमा नियुक्त गरी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको कार्यभार सम्हाल्ने गरी राष्ट्रपतिज्यूले तोक्नुभएको छ,’ राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: ३१ असार २०८२ १७:४१ | Tuesday, July 15, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast